listen LIVE

कास्कीमा जीप दुर्घटना, ७ जनाको मृत्यु

कास्कीको धिताल गाविस स्थित भेडाबारीमा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । ग. १ ज. ३२४८ नम्बरको जीप दुर्घटना हुँदा ७ जनाको ज्यान गएको हो ।

दोस्रो कार्यकालको लागि राष्ट्रपतिय निर्वाचन अभियानमा बाराक ओवामा

अमेरिकी राष्ट्रपति बाराक ओवामाले दोस्रो कार्यकालको लागि राष्ट्रपतिय निर्वाचन अभियान सुरु गर्नुभएको छ । राष्ट्रपति पदका रिपब्लीकन प्रत्याशी मिट रोम्नीको प्रचार अभियान निकै अगाडि बढीसकेको बेला ओवामाले प्रचार अभियान थाल्नुभएको हो ।

आइपिएलमा पञ्जावको अर्को हार

मोहाली, वैशाख ९ (एजेन्सी) - हिजो राति सम्पन्न आइपिएल अन्तर्गतको प्रतियोगितामा रोयल च्यालेन्जर बैग्लौरले किङ्स इलाभेन पञ्जावलाई पाँच विकेटले पराजित गरेको छ। पञ्जावले पूरै ओभर खेली ६ विकेट गुमाएर बनाएको १ सय ६३ रनलाई बैग्लौरले तीन बल बाँकी रहँदै ५ विकेट गुमाएर पूरा गर्‍यो। पञ्जाव यसअघि कोलकातासँग पराजित भएको थियो।

ग्रीन भ्यालीमा मानव चहलपहल शुरु

मंसीर मसँन्तसंगै सुनसान बनेको सोलुखुम्बुको खुम्जुङ स्थित ग्रीन भ्यालीमा मानव चहलपहल शुरु हुन थालेको छ । पर्यटक सिजनको अन्त्यसंगै मंसीरमा बस्ती छाडेर राजधानी तथा अन्य मुलुकमा गएका खुम्जुङबासी फर्किन थालेकाले सुनसान बनेको खुम्जुङमा मानव चहलपहल बढ्न थालेको हो । पर्यटक सिजन शुरु हुनै लाग्दा अहिले उनीहरु घर रंगरोगन, सरसफाई, भित्री सजावट तथा पर्यटकका लागि आवश्यक तयारीमा जुटेका छन् ।

एडीबीद्धारा नेपाललाई ८ अर्ब अनुदान सहयोग

१० चैत, काठमाण्डौ । एसियाली विकास बैंक एडीबी र नर्वे सरकारले नेपाललाई करिव आठ अर्ब ५ करोड ३० लाख रुपैयाँ आर्थिक अनुदान तथा ऋण सहयोग गरेको छ । सहयोग विद्युत् ट्रान्मिसन विस्तार तथा वितरणमा सुधार परियोजनाका लागि खर्च गरिने छ ।

विद्युतिय कलमको आविष्कार

विद्यालय तथा क्याम्पसमा लेख्नको लागि प्रयोग गरिने चक, साइनपेन, तथा ब्लाक र ह्वाइट बोर्डको समय सकिनै लागेको हो की जस्तो छ । यद्यपि प्रविधिको मामिलामा अलि पछि रहेका हामीजस्ता देशका

चलचित्र सुटिङमा गएकी सनी त...

मुम्बई वैशाख ९ (एजेन्सी)-रियलिटी सो बिग बसबाट चर्चामा आएपछि बलिउड अभिनेत्री बन्ने तरखरमा रहेकी पोर्न स्टार सनी लियोन चलचित्र जिस्म २ को छायांकनका लागि भनेर थाइल्यान्ड गएकी थिइन्

भारतको ‘अग्नि’ परीक्षण सफल

भारतले आफ्नो सबैभन्दा शक्तिशाली अन्तरमहाद्धीपीय व्यालेष्टिक मिसाइल अग्नि-५ को बिहीबार सफल परीक्षण गरेको छ । मिसाइल हिन्द महासागरमा खसालिएको थियो । अधिकारीहरुले पूर्व निर्धारित योजना अनुसार नै मिलाइलको सफल परीक्षण गरिएको बताएका छन् । यो मिसाइलले ५ हजार किलोमिटर अर्थात छिमेकी देश पाकिस्तान र चीनको कुनै पनि भागमा पुग्ने क्षमता राख्छ ।

संविधान बन्छ भन्ने ग्यारेन्टीको कसैले ठेक्का लिन सक्दैन

नेपाली काग्रेसका केन्द्रीय सदस्य एवम सेना समायोजन विषेश समितिका सदस्य डा. मिनेन्द्र रिजालसग हिमाल एफ.एम.का लागि समासामयिक विषयमा भानुभक्त निरौलाले गरेको कुराकानी ० बुधवार पनि सेना समायोजनको सहमतिमा पुग्न सकिएन नि ?